
२५ मंसिर, काठमाडौँ- भैरव पुरस्कार गुठीले कलाकार रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । भैरव प्रतिभा पुरस्कारको राशी जनही १ लाख ११ हजार १०० आगामी पुस ९ गते भैरव स्मृति भवनमा समारोहको आयोजना गरी पुरस्कार वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ।
कलाकार अधिकारी मेरी बास्सै, कान्छी लगायतका टेलिसिरियल र नेपालको सुपरहिट मुभी र फिल्ममा खेल्दै आएका छन्। कलाकार अधिकारीले कलाकारिता क्षेत्रमा दिएको योगदानको कदर गर्दै साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजजकत्वमा तीन सदस्यीय समितिले भैरव प्रतिभा पुरस्कारको लागि उहाँको नाम सिफारिस गरेको हो।
Visited 21 times, 1 visit(s) today
