
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
चिसो मौसममा ओडेको रै छौ पछ्यौरी
मलाई देखेर किन झिम्क्यायौ परेली
त्यो मुटुमा ठाउँ खोजे,छुट्टै संसार रोजे
सबै कुरा त्याग गरेर मायाको सागरमा डुबे
हेरिरहौ एकनासले कर्के नजरले मलाई
समय यस्तो आयो सोच्न बाध्य बनाईदियौ मलाई
कस्तो हुन्छ मायालुको माया पाएको क्षणको कथा
त्यो हेराई अनि मन्द मुस्कानले सिकाएको कुरा
सामुमा हुदा लजाएकि हुन्छौ तिमि
मलाई देखेर किन झिम्क्यायौ परेली
Visited 18 times, 1 visit(s) today
