Fast Nepal News

स्याङ्जामा मगर भाषाको पढाइ

banner single news

काठमाडौं, कात्तिक १५ – स्याङ्जाको गल्याङ नगरपालिका-७, कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ। मगर समुदायको भाषा, लिपि, लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ सुरू गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए।

“पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भने, “मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन सुरू गरेका हौं।”

Inside Article Ads

विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन सुरू गरेको हो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.