
१६ श्रावण,सौराहा -पर्यटन नगरी सौराहामा शनिबार आयोजित गजल वाचन कार्यक्रममा जिल्लाका २७ जना गजलकारले एकै मञ्चबाट गजल सुनाउनु भएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान रत्ननगरद्वारा गैरीबारी रिसोर्टमा आयोजित गजल कार्यक्रममा स्रस्टाले विभिन्न भावमा गजल प्रस्तुत गरेका थिए । जसमा गजलकार सुमन कडरिया, रामशरण थपलिया, सीता कँणेल, मणिराम नेपाल र रामलाल कुमालले पहिलो चरण, राजेन्द्र घायल, गणेश शर्मा पौडेल, रोजिना पौडेल, गिरीराज अधिकारी र यमुना अधिकारी न्यौपानेले दोस्रो चरण, चिरञ्जीवी दाहाल, हरिप्रिया रिजाल, विश्वनाथ खनाल, लीला दाहाल अधिकारी र गिरीराज डल्लाकोटीले तेस्रो चरण, सुमन अविरत, सरस्वती पौडेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मण भन्ताना शिरीष, निर्दोष जीवन र विकास बरालले चौथो चरण, धनराज गिरी, किसान प्रेमी र सरला जोशीले पाँचौ चरण र रमेश प्रभात, विष्णु तिवारी उषा र प्रशान्त सागरले अन्तिम अर्थात छैठौ चरणमा गजल प्रस्तुत गर्नुभएको थियो ।
श्रस्टाहरुका गजल सिर्जना प्रेम,राजनीतिक बेथिति, देशप्रेम, सामाजिक परिवेश र दर्शनका विविध पक्षमा रहेका थिए । सो अवसरमा काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले काव्य परिक्रमा अन्तर्गत कार्यक्रम आयोजनामा आएको र यसैगरि विभिन्न साहित्यिक विधा अन्तर्गत संस्थाले कार्यक्रमहरू नियमितरूपमा आयोजना गर्ने बताउनुभयो । कार्यक्रमलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सहजीकरण गर्नुभएको थियो ।
पर्यटकीय सुन्दर नगरी चितवनको सौराहामा आयोजित यस पटकको गजल मेला निकै नै भव्य र सभ्य रहेको पाउँदा औधि खुशी लागेको छ भन्दै खुशी व्यक्त गर्नु हुन्छ गीतकार एवंम् कवि मुकुन्द पौडेल। मोफसलमा पनि समय समयमा यस प्रकारका कार्यक्रम भैरहनुले नेपाली भाषा साहित्य र कलामा टेवा पुग्नुका साथै आफ्नो संस्कृति र सभ्यताको पनि जगेर्ना हुने पौडेलको भनाई छ । यसवाट कवि कलाकार र साहित्यिक स्रस्टाहरू प्रोत्साहित हुने हुनेहुँदा यतातिर राज्यको पनि ध्यान पुग्न जरूरी रहेको पौडेल बताउनुहुन्छ।

