
१.
सक्नेले खोस्ने
समाजै यस्तो
सम्पत्ति जोख्ने !
२.
छोडेर कुरो
गरेमा काम
हुन्न अपुरो!
३.
सोझ्याई कूलो
जोतेमा हलो
सबैकाे भलो!
४.
जमीन जल
जोगाऔ आभा
पुर्ख्यौली थल !
५.
खुशीको पल
पाईन्छ धेरै
नगरे छल !
६.
खोज्दछ खान
मसिनो धान,
अल्छी छ ज्यान !
७.
नगरी काम
पाईन्न खान
बुबु र माम!
८.
नगरी देर
खन्नु छ खेत
मेलो छ धेर !
९.
मनमा भ्रान्ति
पालेर बसे
हुँदैन शान्ति!
१०.
जमाना छल्ने,
जाेकरै बन्छन्
देखेको बोल्ने !
~~~~
(साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका पाैडेल, लामो समयदेखि छेस्का साहित्य लेखनमा समेत सक्रिय हुनुहुन्छ)
