Fast Nepal News

आचार्य र नेपालका छेस्का कविता

छेस्का साहित्य (नियमित स्तम्भ )

banner single news

✍️ ओम आचार्य,
काठमाडौं ।
१.
बोकेर भारी
खेल्दैछ चारी
नव औतारी ।
२.
द्रव्यमा लीन
सन्तति बेच्न
मानेन घिन।
३.
घोषित वीर
भक्तको छवि
दक्षिण तिर ।
४.
गफको खेती
उम्रिन्न साथी
जिरा र मेथी ।
५.
यौटै कसुर
फरक दृश्य
देखियो झूर।
<><><><><>

✍️ जयनारायण नेपाल,
भक्तपुर ।
१.
पैर्‍हेका ताज,
चरित्र देख्दा
हेर्नै भो लाज ।
२.
गति न पति,
जे गर्दा पनि
सुध्रेन मति।
३.
हानेर जाल,
थापेर खाल
पार्दैछन् गाल ।
४.
कुरा गहिरो
अगाडि भीर
पछि पहिरो !
५.
मेरा न तेरा ,
सबै बिटुला
भ्रष्टका घेरा !
<><><><><>

Inside Article Ads

(कवि आचार्य र नेपाल लामाे समयदेखि साहित्य क्षेत्रमा सक्रिय वरिष्ठ ब्यक्तित्वहरु हुनुहुन्छ ।)

Visited 121 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.