Fast Nepal News

समसामयिक दस छेस्का कविता

✍️ गीताश्री शर्मा गान्ताेक, सिक्किम, भारत

banner single news

१.
भोटको साटो
ती भ्रष्टलाई
देखाउँ बाटो ।
२.
पुसको चिसो
खै कता जानु
मेलो न मेसो ।
३.
नौ मुरी धान
त्याे धन भन्दा
याे मन छान।
४.
गीतामा हात
कुर्सीको लोभ
नेताको जात ।
५.
कलम र मसी
लेख्दै छु छेस्का
तातोमा बसी।
६.
चिप्ला छन् कुरा
परेको बेला
धस्दछन् छुरा ।
७.
दुःखको बेला
वेदना बुझ
नगर हेला।
८.
निर्धोको श्वास
हुनेले खोस्छन्
दुःखीको गाँस !
९ .
नगर हेला
गोलो छ पृथ्वी
परौला फेला।
१०.
साइनो गासौं
भुलेर दुःख
मिलेर हाँसौ।
**********
(विभिन्न विधामा सक्रियरुपमा कलम चलाउँदै आउनुभएकी कवयित्री गीताश्री शर्मा, सिक्किमकी सुपरिचित नेपालीभाषी साहित्यकार हुनुहुन्छ)

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.