Fast Nepal News

कविताको शीर्षक:-खोजी

banner single news
शिल्पी खनाल
को होउ तिमी नभनिदेउ बास, काम खोज्दै छु म,
परिचय नमागिदेउ इतिहास खोज्दै छु म।
जिबन मेरो यत्रनत्र रुदा पनि
संघर्ष गरी हास्न खोज्दै छु म।
एक दिन राम्रो मान्छे बन्छु होला आशा लिइ मनभरि,
क्रान्ति गर्न देशभरिका क्रान्तिकारी खोज्दै छु म।
सुखसयल अमनचैयन दिन्छन् भने नेताको
दमन गर्न पतन गर्न सखाप खोज्दै छु म।
राज्य सत्तामा पुगेपछि देश र जनता भुल्ने
ती शोषक र धोखेबाजको लास खोज्दै छु म।
Inside Article Ads
Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.