Fast Nepal News

मञ्जुश्री साहित्य समाजको अध्यक्षमा डा. थापा

banner single news

मञ्जुश्री साहित्य समाजको अध्यक्षमा डा बमबहादुर थापा ‘जिताली’ चयन हुनुभएको छ ।

उक्त समाजको आज सम्पन्न चौथो अधिवेशनबाट डा थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति दुई वर्षका लागि सर्वसम्मत चयन गरिएको हो । यस्तै समाजको उपाध्यक्षमा ध्रुवराज पौडेल, सचिवमा वीरबहादुर लोहनी र कोषाध्यक्षमा नीरप्रसाद तिमल्सेना चयन हुनुभएको छ । सदस्यहरुमा टेकबहादुर लौडारी, इन्दिरा शाह, सर्वराज पौडेल, प्रभा बराल, पम्फा भट्टराई, रामरञ्जन पौडेल र हरिप्रसाद घिमिरे चयन हुनुभएको छ ।

विसं २०७२ चैत २७ गते स्थापना भएको उक्त समाजले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Inside Article Ads
Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.