
१.
हात्तीका दाँत
राजनीतिमा
एउटै बात ।
२.
सुकेछ मूल
ठडियो घर
भत्कियो पुल ।
३.
नामका राम
लागेनन् काम
रोक्न हराम ।
४.
हर्क विष्मात
आएर साथ
पारे फसाद ।
५.
सुई समाई
को रोक्न सक्छ?
समयलाई !
६.
संसार झुट्टा
मान्छेले ठान्यो
तन्कायो खुट्टा ।
७.
हुदैन किन
संझनासम्म
खाएको रिन !
८.
गैँडाको छाला
के घोच्थे छेस्का
यस्तैछ चाला ।
९.
मान्छेको जात
देव र दैत्य
एउटै थात ।
१०.
बल्छी अल्झियो
माछो भनेको
साँप बल्झियो ।
<><><><><>
(सर्जक आचार्य, लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका सिद्धहस्त बरिस्ठ साहित्यकार का साथै छेस्का साहित्य नेपालका केन्द्रीय सदस्य समेत हुनुहुन्छ)
