Fast Nepal News

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

banner single news

काठमाडौं । गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् । विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्।

उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताएका हुन् ।

हामासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि दीर्घकालसम्म जर्मनीले संयुक्त राज्य अमेरिकासँगै इजरायलको कारबाहीलाई समर्थन गरेको थियो ।

Inside Article Ads

तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।

गाजाको सन्दर्भमा यो भनाइ विदेश मन्त्रीको र चान्सलर फ्रेडरिक मर्जको अहिलेसम्मको सबैभन्दा कडा भत्र्सना भएको बताइएको छ ।

 

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.