Fast Nepal News

यमनको दक्षिणी सहर एडेननजिकै बम आक्रमण हुदा ५ सैनिककाे मृत्यु

banner single news

अडेन — ११ चैत्र २०७८

अडेन , यमनको दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा वरिष्ठ अधिकारीसहित ५ यमनी सैनिक मारिएका छन् । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्ने क्रममा ‘कार बम विस्फोटमा मेजर जनरल थाबेट जावस र अन्य ४ सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले बताए । एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । उनका अनुसार आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जावासलाई सन् २०१४ मा देशको गृहयुद्ध सुरु भएदेखि यमनका इरान समर्थित हुथी विद्रोहीसँग लड्ने प्रमुख कमान्डरमध्ये एक मानिन्थ्यो । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार सन् २०१४ को अन्त्यमा राजधानी सानाबाट अडेनमा सारिएको थियो । 

हुथीहरूले जबरजस्ती बाहिर निकालेका थिए । साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा हस्तक्षेप गरेको मार्च २६ मा भएको सातौं वर्षगाँठको केही दिनअघि बम आक्रमण भएको हो । यमनको दक्षिण सहर एडेनमा प्रायः कारबम वा क्षेप्यास्त्र आक्रमण भएको पाइन्छ । यस आक्रमणमा अधिकारीहरूले विद्रोहीहरूलाई दोष दिन्छन् । एडेन, पृथकतावादी आन्दोलनको घर पनि हो । इस्लामिक स्टेट समूहले दाबी गरेको धेरै आक्रमणहरूको एडेनलाई लक्ष्य गरिएको छ । गत वर्ष अक्टोबरमा एडेनका गभर्नरलाई लक्षित गरी कार बम आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।

Inside Article Ads

गभर्नर अहमद लामलास र सरकारीमन्त्री सलेम अल–सोकोत्री दुवै विस्फोटबाट जोगिएका थिए । उनीहरूको काफिले जाने क्रममा सो विस्फोट भएको जनाइएको थियो । यसै महिनापछि, एडेनको एयरपोर्टनजिकै कारबम विस्फोटमा परी बालबालिकासहित कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको थियो । करिब ३ करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या बाँच्नका लागि सहायतामा निर्भर छ । द्वन्द्वका कारण ३ लाख ८० हजार मानिसको ज्यान गइसकेको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.