Fast Nepal News

‘रुसले परमाणु अस्त्र प्रयोग गर्न सक्छ’

banner single news

वासिङ्टन — १० चैत्र २०७८

वासिङ्टन , रुसले युक्रेनमा परमाणु अस्त्र प्रयोग गर्ने सम्भावना रहेको प्रतिक्रिया दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘परमाणु अस्त्र प्रयोगको सम्भावनालाई अस्वीकार गर्न नसकिने’ बताएका हुन् । अमेरिकी टेलिभिजन सीएनएनसँगको एक अन्तर्वार्तामा पेस्कोभले ‘आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुन सक्ने बताएका हुन् । युक्रेनमा भइरहेको युद्ध ‘विशेष सैनिक कारबाही’ भएको र त्यसको उद्देश्य रुसको छेउछाउबाट विरोधीलाई समाप्त पार्नु रहेको पेस्कोभले दाबी गरे । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले पेस्कोभका टिप्पणी निकै खतरनाक भएको टिप्पणी गरेका बीबीसीले जनाएको छ ।

एक जिम्मेवार परमाणुशक्ति राष्ट्रले गर्ने व्यवहार त्यस्तो हुन नहुने उनको भनाइ छ । युक्रेनमा आक्रमण सुरु गरेको ३ दिनपछि रुसी राष्ट्रपति पुटिनले रुसको परमाणु फौजलाई ‘उच्च सतर्कतामा रहन’ आदेश दिएका थिए । पुटिनको उक्त कदमको राष्ट्रसंघले निन्दा गरेको थियो । कतिपय विश्लेषकले रुसले तत्काल परमाणु हतियार प्रयोग नगर्ने तर अन्य देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिन त्यसो गरेको दाबी गरेको थिए । त्यस्तै, पश्चिमा देशले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति आक्रोश जनाउन पुटिनले परमाणु हतियार प्रयोगको त्रास देखाएका हुन सक्ने जनाइएको थियो । पछिल्ला दिनयता रुसी फौज मरिउपोल सहरलाई नियन्त्रणमा लिन संघर्षरत छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.