Fast Nepal News

banner single news

सोल — २६ फागुन २०७८

सोल , बुधबार भएको २० औं कोरियाली राष्ट्रपतीय निर्वाचनमा विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । कोरियाली राष्ट्रपतीय चुनावमा झिनो मतान्तरले जितेका उनले सत्तारुढ डेमोक्राटिक पार्टीका उम्मेदवारलाई हराएका हुन् । बिहीबार बिहान प्राप्त मतगणनाको अन्तिम नतिजाअनुसार उनले खसेको मतको ४८.५६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी उम्मेदवार इ जे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए । एसियाको चोथौ ठूलो आर्थिक हैसियत भएको देश पाँच वर्षे कार्यकारी अधिकार पाएका युन हालका राष्ट्रपति मुन जे इनको प्रशासनमा महान्यायाधिवक्ताको रुपमा काम गरेका थिए । उनले पद तथा शक्तिको दुरुपयोग गरेकी तत्कालीन राष्ट्रपति फाक गुन हेलाई आफ्नोे अभियोगमा झन्डै २२ वर्ष जेल बस्नु पर्ने गरी भएको मुद्दालाई नेतृत्व गरेका थिए । सन् २०२० मा मुन जे इन सरकारले उनलाई पदबाट हटाएपछि आफू महान्यायाधिवक्ता भई रहनुपर्ने भन्दै अदालतमार्फत पदबहाली गरेर एकवर्ष अघिसम्म काम गरे ।

सन् २०२१ मा मात्रै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएर उनी राजनीतिमा आएका थिए । छोटो समयमै राष्ट्रपति बन्न पुगेका उनी छिमेकी देश उत्तर कोरिया र जापानसँग कडा सम्बन्ध राख्नु पर्ने धारणा राख्छन् । महान्यायाधिवक्ता हुँदा श्रीमतीले विभिन्न ठाउँबाट फाइदा लिएको आरोपपछि विवादमा परेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि गरेको सम्बोधनमा उनले आफ्नो मुख्य लक्ष्य देशलाई एक सूत्रमा बाँध्ने रहेको बताए । ‘यो जित सबै जनताको हो । यो पिपल पावर पार्टीको मात्रै जित होइन । यो चुनावी अभियानमा मैले धेरै कुरा सिकेको छु । जब म राष्ट्रपतिको अफिसमा हुन्छु म देशको संविधान, संसद् र विपक्षी दल डेमोक्रटिक पार्टी सहकार्यबाट कार्यहरु गर्नेछु ।’

चुनावको अन्तिम समयमा तेस्रो ठूलो दल पिपल पार्टीका राष्ट्रपतिका उम्मेदवार आन छलसूसँग गठबन्धन गरेका थिए । बिहीबार नै राष्ट्रपतिको पदभार ग्रहण गर्ने ६१ वर्षीय युनको कार्यकाल भने त्यति सजिलो हुने देखिँदैन । अहिले कोरियाली संसद्मा डेमोक्रेटिक पार्टीको बहुमत छ । सन् २०२० मा भएको संसदीय चुनावमा मुन जेईनको सरकारले कोरोना रोकथाममा राम्रो काम गरेको भनेर जनताले खुबै मन पराएका थिए । त्यसैले तीन सय संख्या रहेको सदनमा डेमोक्राटिक पार्टीले १ सय ७२ सिट ल्याउन सफल भयो । सदनमा पिपल पावर पार्टीको १ सय १२ सिट मात्रै छ । अल्पमतमा रहेको उनको पार्टीका कारण डेमोक्रटिक पार्टीको साथ नलिँदासम्म कुनै काम गर्न सक्ने छैनन् ।        
Inside Article Ads

यस पटक ७७.१ प्रतिशत मतदान भएको कोरियाली निर्वाचन आयोगले जनाएको छ । चार करोड ४२ लाख मतदाता रहेको कोरियामा ३ करोड ४० लाख जनताले मात्रै मतदान गरेका छन् । यो मतदात सोचे भन्दा कम भएको निर्वाचन आयोगले जनाएको छ । विजेता युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई लाख ४७ हजार ७७ कम मत पाएका छन् । यो अहिलेसम्म भएको राष्ट्रपतिको निर्वाचनमा सबैभन्दा कम मतान्तर हो । यस अघि सन् १९९७ मा भएको १५ औं राष्ट्रपतीय चुनावमा किम दे जुङले इ हे चुङचलाई ३ लाख ९० हजार ५ सय ५७ मतले पराजित गरेका थिए ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.