Fast Nepal News

युक्रेनमा आक्रमणपछि पुटिनले मोदी, खान र रैसीसँग के कुरा गरे ?

banner single news

काठमाडौँ — १३ फागुन २०७८

काठमाडौँ , युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि लगातार सैन्य कारबाही गरेपछि सर्वत्र आलोचित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका छन् । त्यसका लागि उनले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग कुराकानी गरिरहेका छन् । पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आक्रमणको पहिलो दिन बिहीबार नै कुराकानी गरेका थिए । युरोप र अमेरिकाले रुसी कारबाहीको कडा आलोचना गर्दै विभिन्न प्रतिबन्धको घोषणा गरेका छन् । तर पुटिनले भने आफ्नो पक्षमा माहोल बनाउन संवादलाई तीव्रता दिएका छन् । बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीमा पुटिनले अमेरिका र नेटोले युक्रेनमा सैन्य उपस्थिति बढाएका कारण कारबाही अगाडि बढाएको बताएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालयले पुटिनसँगको कुराकानीमा मोदीले युक्रेनमा रहेका भारतीय नागरिकको सुरक्षाको प्रत्याभुति खोजेका थिए ।  पुटिनको स्पष्टीकरणमा मोदीले सन्तोषजनक प्रतिक्रिया दिएको रुसी राष्ट्रपति कार्यालयले दाबी गरेको छ । पुटिनले युक्रेनमा रहेका भारतीयको सुरक्षाका लागि आवश्यक निर्देशन दिने प्रतिबद्धतासमेत जनाएका छन् । त्यस्तै पुटिनले यु्क्रेन मामिलामा इरानका राष्ट्रपति सय्यद इब्राहिम रैसीसँग पनि कुराकानी गरेका छन् । पुटिनले डोनबासका बासिन्दाको सुरक्षाका लागि ‘विशेष सैन्य कारबाही’ थालिएको बताएका छन् । बिहीबार नै पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् ।

Inside Article Ads

मस्को भ्रमणमा रहेका खानसँग पुटिनले पछिल्लो क्षेत्रीय विषय र दक्षिण एसियाली राजनीतिका बारेमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । त्यस्तै पुटिनले टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग पनि टेलिफोन कुराकानी गरेका छन् । रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।      

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.