Fast Nepal News

युक्रेनको डोनबासमा सैन्य कारबाही गर्ने पुटिनको घोषणा

banner single news

काठमाडौँ — १२ फागुन २०७८

काठमाडौँ , रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेका छन् । डोनबास हालै रुसले स्वतन्त्र राज्यको मान्यता दिएको दोनेत्स्क र लुहांस्कअन्तर्गत पर्छ । रुसी राष्ट्रपति पुटिनले टेलिभिजनबाट देशको नाममा सम्बोधन गर्दै सैनिक कारबाहीको घोषणा गरेका हुन् । यसअघि राष्ट्र संघीय सुरक्षा परिषद्ले युक्रेनको मामिलामा धीरता देखाउन रुसलाई आग्रह गरेको थियो । यसैबीच पूर्वी युक्रेन मात्रै नभएर राजधानी किभमा समेत विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।

रुसले पूर्वी युक्रेनमा हवाई उडान निषेधित क्षेत्र घोषणा गरेको छ । यो निषेध कति समयका लागि हो भन्नेबारे भने रुसले केही बताएको छैन । रुसले विशेष सैन्य कारबाही गर्ने बताएको केही समयपछि युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको युक्रेनस्थित संवाददतालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्य बन्न खोजेको विषयमा आपत्ति जनाउँदै आएको रुसले यसै पूर्वी युक्रेनमा पृथकतावादी गतिविधि भएको दुई राज्यको मान्यता दिएको थियो । रुसी कदमबाट आक्रोशित भएका पश्चिमा देशहरूले नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.