
इस्लामावाद — १६ माघ २०७८
इस्लामावाद , पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पब्जीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने भएको छ । पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेलहरूमाथि प्रतिबन्ध लगाउन सिफारिस गरिने भएको हो । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ ।
( कान्तिपुर दैनिक )
