Fast Nepal News

भारतमा एकै दिन साढे २ लाखलाई कोरोना‚ सीमावर्ती राज्यमा पनि संक्रमण बढ्दै

banner single news

काठमाडौँ — २९  पुस २०७८

काठमाडौँ , भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख  ४७ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बुधबारको भन्दा २७ प्रतिशत बढी हो । बुधबार १ लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ५ हजार ४ सय ८८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ४६ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २७ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पश्चिम बंगालमा २२ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्नाटकमा २१ हजार ३ सय ९० जना‚ केरलामामा १२ हजार ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नेपालको सीमावर्ती राज्य बिहारमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ ।

Inside Article Ads

त्यस्तै पछिल्लो २४ घण्टामा ३७९ जनाको मृत्यु भएको छ भने ८४ हजार ८ सय २५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ । संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.