Fast Nepal News

भारतमा एकै दिन थपिए १ लाख ७० हजार संक्रमित‚ ४ सयलाई ओमिक्रोन

banner single news

नयाँदिल्ली — २७ पुस २०७८

नयाँदिल्ली , भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ लाख  ६८ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस अवधिमा २ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ८ लाख २१ हजार ४ सय ४६ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि देशभरमा संक्रमितको संख्या १ लाख पार गरेको थियो । अहिले नयाँ भेरिएन्ट फैलिएको १० दिनमै संक्रमित संख्या एक लाख नाघिसकेको छ । गत २४ घण्टामा ४ सयभन्दा बढी ओमिक्रोनका संक्रमित देखिएको भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.