Fast Nepal News

न्युयोर्कको अपार्टमेन्टमा आगलागी : ९ बालबालिकासहित १९ जनाको मृत्यु

banner single news

न्युयोर्क — २६ पुस २०७८

न्युयोर्क , अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासिहत कम्तीमा १९ जनाको मृत्यु भएको छ । न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । १९ तले भवनका सबै तलामा घाइते भेटिएको अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले जानकारी दिएका छन् ।

न्युयोर्कमा ३० वर्षयता नै आगलागीबाट धेरै जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार आगो भवनको दोस्रो तलामा लागे पनि धूवाँ भने सबै तलामा पुगेको थियो । अधिकारीहरूले इलेक्ट्रिक हिटरमा खराबीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् । आगो निभाउन करिब २ सय दमकल प्रयोग गरिएको थियो । यसअघि शनिबार मात्र फिलाडेल्फियाको एक अपार्टमेन्टमा आगलागी हुँदा ८ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.