Fast Nepal News

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

banner single news

काठमाडौँ — २१ पुस २०७८

काठमाडौँ , उत्तर कोरियाले अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले दाबी गरेका छन् । उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड (जेसीएस) ले जनाएको छ । योबारेमा अझै यकीन भने भइसकेको छैन । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ ।

यदि यो ब्यालिस्टिक मिसाइल भएमा यो वर्षकै पहिलो पटक गरिएको प्रक्षेपण हुने बीबीसीले उल्लेख गरेको छ । ‘यस विषयमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका छन्‚’ जेसीएसले विज्ञप्ति जारी गर्दै भनेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शंकास्पद ब्यालेिस्टिक मिसाइल पाँच सय किलोमिटर परसम्म छाडिएको जापानी रक्षामन्त्री नोबुओ किसीले बताएका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.