Fast Nepal News

मलेसियामा बाढीले १४ को मृत्यु

banner single news

क्वालालम्पुर — ७ पुस २०७८

क्वालालम्पुर , मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । केही दिनदेखिको अत्यधिक वर्षासँगै आएको बाढीका कारण ७० हजारभन्दा बढी स्थानीय विस्थापित भएका छन् । बाढीले पूर्वीतटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक करिब सातवटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ ।

Inside Article Ads
उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरूले विस्थापितलाई सहयोग प्रदान गरेका छन् । मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरूले बाढीपीडित, डुबानमा परेका तथा विस्थापितहरूलाई डुंगाबाट मंगलबार पनि खाद्य सामग्री वितरण गरेका थिए । बाढीका कारण सडक, विद्युत्, सञ्चारलगायतका सेवा अवरुद्ध भएका छन् भने उद्धार कार्यमा समेत कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।   

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.