Fast Nepal News

पारा ओलम्पिक सुरु

banner single news

एजेन्सी — ९ भाद्र २०७८

एजेन्सी , हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो ।ग्रीष्मकालीन ओलम्पिक १९६० (रोम) देखि यसैको आयोजक सहरले ‘गृष्मकालीन पारा ओलम्पिक’ नियमित रूपमा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको महामारीले एक वर्ष ढिला भएको पारा ओलम्पिकमा १६२ देशका विशेष क्षमता भएका ४ हजार ४ सय ३ खेलाडीले सेप्टेम्बर ५ सम्म प्रतिस्पर्धा गर्नेछन् । १६ औं संस्करणमा २२ खेल समावेश छ । त्यसमा ब्याडमिन्टन र तेक्वान्दो नयाँ खेल हुन् । कुल ५३७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।यसपालि नेपालको एकमात्र खेलाडीका रूपमा पलेशा गोबर्धन सहभागी भएकी छन् । तेक्वान्दोकी यी खेलाडीले भदौ १८ मा प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षक कविराज नेगी लामाले पलेशाले पदक जित्ने आशा गरेका छन् । 

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.