Fast Nepal News

तराई क्षेत्रमा अत्यधिक चिसोका कारण जनजीवन प्रभावित

banner single news
२४ पुष, काठमाडौँ -तराई जिल्लामा अहिलेसम्म मौसममा क्रमिक रूपमा सुधार आउन सकेको छैन।मौसममा सुधार नहुनु र शीतलहरका कारण मौसम प्रतिकूल रहने समस्या अझैसम्म कायम नै रहेको छ। अत्यधिक चिसो बढेको कारण भने तराईको जनजीवन अत्यन्त कष्टकर बन्न पुगेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।अत्यधिक चिसोका कारण आम नागरिकको समस्यामा प्रदेश सरकार गम्भीर देखिन्छ। सरकारले प्रभावित नागरिकको स्वास्थ्य र जीवनरक्षाका लागि सरकारबाट नागरिकलाई सहयोग गर्ने कार्यमा उपयुक्त कदम चाल्न अति नै आवश्यक देखिन्छ।
Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.