Fast Nepal News

अनेरास्ववियु (अखिल क्रान्तिकारी)द्वारा सुर्खेत काठमाडौँ जिल्लाको प्रथम सम्मेलन तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

banner single news

प्रकाश कपाली  काठमाडौँ,

नेकपा माओवादी निकट अनेरास्ववियु अखिल क्रान्तिकारीले आर आर क्याम्पस पत्रकारिता हलमा सुर्खेत काठमाडौँ सम्पर्क समितिको प्रथम सम्मेलन तथा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय अध्यक्ष तथा नेकपा माओवादीका केन्द्रीय सदस्य पञ्चा सिंहलाई कार्यक्रममा विशेष अतिथिको रुपमा स्वागत गरिएको थियो। विशेष अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुभएका पञ्चा सिंहले दशैं,तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना सगैं आफ्ना केही महत्वपूर्ण धारणा कार्यक्रममा सार्वजनिक गर्नुभएको थियो।

 

यसैगरी सुर्खेत काठमाडौँ जिल्ला सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। उहाँले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै देशको समसामयिक राजनीतिक विषयमा आफ्नो महत्वपूर्ण धारणा कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो।

 

Inside Article Ads

यसैगरी अनेरास्ववियु क्रान्तिकारी सुर्खेत काठमाडौँ जिल्ला सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती मगरले दशैं तिहार र छठ पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो। आफ्नो जीवनको नितान्त राजनीतिक जीवनको तितामिठा अनुभव सबैमाझ बाड्नुहुदै आग्रामी दिनहरुमा संगठनलाई मजबुत बनाउदै लैजाने काममा र देश विकासको कार्यमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। देशको भाग्य र भविष्य निमार्ण गर्न मंसिर ४ गते हसिया हथौडामा अमूल्य मत दिनसमेत उहाँले सबैलाई आग्रह गर्नुभयो।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.