Fast Nepal News

नेपालमा स्मार्टगफ आयो संचालनमा

banner single news

काठमाण्डौ । नेपालमै नयाँ सामाजिक सञ्जालको शुरुवात गरेको छ, स्मार्टगफ लन्च भएको छ । स्मार्टगफमा हाल प्रयोगमा रहेको फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालहरुको फिचर रहेको छ । स्मार्ट गफ नामक उक्त सामाजिक सञ्जालको मोबाइल एप र वेभ भर्सन औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

राजधानी शहरको गैह्रीधारा स्थित एलिस रिसेप्सनमा स्मार्ट गफ लन्चिङ साँगीतिक माहौल माझ भएको हो । उक्त एपको लन्चिङ स्मार्ट गफका सिईओ रमेश शाही, प्रबन्ध निर्देशक प्रमिला सिलवालको उपस्थितिमा वरिष्ठ हाँस्य अभिनेता मदन कृष्ण श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आइजिपि सर्वेन्द« खनालले संयुक्त गरेका थिए । सो अवसरमा स्मार्ट गफको जिंगल समेत सार्वजनिक गरियो । एप लन्चिङ कार्यक्रम पश्चात् सोही स्मार्ट गफको प्रयोजनका केन्दि«त रहेर थालनी गरिएको मोडल सुपरस्टार नामक मोडल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन गरिएको थियो । प्रोमोटिङ सोलुसनको ब्यानरमा प्रस्तुत गरिएको उक्त प्रतियोगितामा २९ जना युवतीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा डिजाइनरद्धय सजिना विष्ट तथा दुर्गा विष्ट र नमूना कलेज अफ फेसन टेक्नोलजीका ग्राजुएट डिजाइनरहरुले तयार पारेका विभिन्न पहिरनमा सजिएर सहभागि प्रतिस्पर्धी मोडलहरुले रनवेमा आफ्नो आकर्षक प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिलाई संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले निर्देशन गरेका थिए । प्रतियोगिताको अन्तमा सुष्मि खतिवडाले मोडल सुपरस्टारको ताज पहिरिन सफल भइन् भने उनले मल्टिमिडिया विधाको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा अस्मिता बैंजु पपुलर च्वाइस विधामा विजेता बनिन् । प्रतियोगितामा मन्जु खड्काले फस्ट रनर अप र माही श्रीवास्तवले सेकेन्ड रनर अपको टाईटल हात पारे । ।

अर्गनाइजर च्वाइस विधामा सृष्टि श्रेष्ठ र रफिना महर्जनलाई अवार्ड प्रदान गरिएको थियो । स्मार्ट गफ पपुलर च्वाइस तर्फ भने सविता भट्टराईले अवार्ड प्राप्त गरेकी थिइन् । प्रतियोगितामा सिम्रन भुजेल डिसिप्लीन र करुणा कार्की वेष्ट वाक विधामा विजेता चयन भएका थिए ।

Inside Article Ads

कार्यक्रममा गायकहरु आनन्द कार्की, कमल खत्री, विनोद ढकाल, गायिका मेलिना मैनालीले आ आफ्नो चर्चित गीतहरु सुनाएर कार्यक्रमलाई साँगीतिक माहौल प्रदान गरेका थिए भने अभिनेता किरण के।सी। र गायक यमन श्रेष्ठले आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

सामाजिक सञ्जाल व्यक्तिको दैनिकीको महत्वपूर्ण पाटो बन्न थालेको परिप्रेक्ष्यमा व्यक्तिगत र व्यवसायिक लाभ हासिल गर्न स्मार्ट गफ आम नेपालीका लागि लाभदायिक रहने स्मार्ट एपको दाबी छ ।

Visited 77 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.