Fast Nepal News

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री

banner single news

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् ।
नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् ।
‘निजी क्षेत्रलाई सँधै साथमा लिएर हिड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ,’ उनले भने ।
उर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसदका दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताए । ‘मुलुकलाई संकट परेको बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो,’उनले भने । निजी क्षेत्रहरु डराउनुपर्ने र आत्तिनुपर्ने कुनै अवस्था नरहेको उनको भनाई थियो ।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.