Fast Nepal News

वामदेवले भने म राष्ट्रिय सभा सांसद हुन तयार ।

पार्टीले यसअघि गरेको निर्णय कार्यान्वयन हुन्छ की हुँदैन भन्ने पर्खाइमा ।

banner single news

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभाका सांसद बन्न तयार रहेको निकटस्थहरूसँग बताएका छन्। फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

‘उहाँले म राष्ट्रिय सभाका लागि तयार छु भन्नुभएको छ। राष्ट्रिय सभामा लाने हो भने पार्टीको निर्णयलाई सम्मान गर्न तयार छु समेत भन्नुभएको छ,’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सेतोपाटीसँग भने,’दलीय व्यवस्थामा प्रधानमन्त्रीको विशेष अधिकार भन्ने हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू दलको अधिनस्थ हुने हो। उहाँले भन्नुभएको छ,प्रधानमन्त्री दलकै नेता हुन्छ। पार्टी निर्णय कार्यान्वयन हुनपर्छ म त्यसको लागि तयार छु ।

तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गरेका छैनन्। उनले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न चाहेका छन्। दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा अहिले बिना सांसद मन्त्री छन्। नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ। खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ।वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाउने अर्को निर्णय गरेको थियो।

Inside Article Ads

प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको अर्थमा लिएका छन्।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.