Fast Nepal News

प्रधानमन्त्रीले मन्त्रिहरूलाइ दिए निर्देशन ।मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित भएनन्

मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न

banner single news

१५ भदौ, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई काेराेनावाट जाेगिएर काम गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालय बैठकै रोकिएको थियो । तर, आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।

तर, आइतबारको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा भने उपस्थित भएनन् ।

Inside Article Ads

मन्त्रीहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको र समग्र देशमा संक्रमितहरुको संख्या बढिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई कोरोनाबाट सतर्क भएर काम गर्न निर्देशन दिएका हुन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.