Fast Nepal News

पार्टी प्रवेश सङ्गै सह-महामन्त्री बन्दै सुनिल थापा

banner single news

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनिलबहादुर थापा सहित १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन् । थापासहितका नेतालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर स्वागत गरेका हुन् । सुनिलबहादुर थापा सुर्यबहादुर थापाका छोरा हुन् । नेता निधिले थापालाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै उनको प्रशंसा गरे । सभापति देउवाले थापालाई सहमहामन्त्रीको रुपमा पार्टीमा स्वागत गरेको उल्लेख गरे ।

Inside Article Ads

मंगलबार कांग्रेस प्रवेश गरेका थापा सहमहामन्त्री बन्दा पाँच नेतालाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यको रुपमा पार्टीमा स्वागत गरेका हुन् । थापासँगै राप्रपाबाट कांग्रेस प्रवेश गर्नेहरुमा रामकृष्ण भट्टराई (मोरङ), विश्वविक्रम थापा, बाबुराम बस्नेत (भोजपुर), वृषलाल यादव (बारा), दिलिप राई (झापा), राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), चतुरमान विश्वकर्मा (झापा), राम साह (सर्लाही), डा. सुरेश बस्नेत (भोजपुर), प्रतिमा राणा क्षेत्री (रुपन्देही), नारायण राउत (भोजपुर), इन्द्रबहादुर तामाङ (सिन्धुपाल्चोक) रहेका छन्। अन्य नेताहरुलाई भने जिल्लामा स्वागत गरेर पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

Visited 11 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.