Fast Nepal News

प्रविधि र लगानी ल्याएर स्वदेशमै वस्तु उत्पादनमा प्रधानमन्त्रीको जोड

banner single news

काठमाडौं – चैत २७

काठमाडौं, विदेशबाट लगानी र नयाँ प्रविधि ल्याएर नेपालमै वस्तु उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । बिहीवार नेपाल चेम्बर अफ कमर्शको ७०औं वार्षिक साधारणसभामा उनले विदेशबाट उत्पादित वस्तु होइन, प्रविधि र लगानी मात्र आयात गर्नुपर्ने बताएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई उत्पादन भइसकेको सामान आयात नगर्न आग्रह समेत गरे । ‘अत्यावश्यक बाहेक अन्य वस्तु आयात गर्नुहुँदैन,’ उनले भने, ‘अन्य सामान आफै आयात गरेर विदेशमा निर्यात गर्नुपर्छ ।’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजीक्षेत्रका संस्थाहरूका माग तथा चासोलाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

Inside Article Ads

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बेला बेला सरकार गलत बाटोमा हिँडिदिनाले निजीक्षेत्र समस्याग्रस्त हुन पुगेको बताए । आर्थिक अभियान दैनिकबाट

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.