Fast Nepal News

नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै

banner single news

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्द छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड(माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।

संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

Inside Article Ads

प्रचण्ड(माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

यो बैठक पछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने जानकारी दियका छन् ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.