Fast Nepal News

वैद्य विप्लव एकताकाे आन्तरिक तयारी गर्दै

सशस्त्र द्धन्द्ध नै गर्ने झल्को दिइरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको पहल भइरहेको वैद्य समुहले जनाएकाे छ

banner single news

गत पुष १४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंगबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधसभा पुनस्थापना वा मध्यावधि निर्वाचनले संकटको समाधान नहुने दाबी गरेका थिए । चार वटा कम्युनिष्ट पार्टीले सरकार विरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका थिए ।

यि चार पार्टीले पहिलोपटक मोर्चाबन्दी गरेका हुन् । यो मोर्चाबन्दीलाई सम्भव भएसम्म पार्टी एकीकरणसम्म लैजाने लक्ष्य रहेको छ । जनगणतन्त्र स्थापनाका लागि प्रतिवद्ध सबै कम्युनिष्ट पार्टीहरुसँग एकता गर्ने लक्ष्य रहेको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य बताउँछन् ।

सशस्त्र द्धन्द्ध नै गर्ने झल्को दिइरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको पहल भइरहेको वैद्य समुहले जनाएकाे छ ।देशमा आन्तरिक तथा वाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको वैद्यको ठहर छ । यस्तो चलखेल रोक्नका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको उनको भनाई छ ।

Inside Article Ads

१० वर्षको जनयुद्धकालमा सँगै रहेका पुष्पकमल दाहालसँग भने एकताको सम्भावना नरहेको वैद्य बताउँछन् । दाहालले संसदीय व्यवस्था स्वीकार गरेर कम्युनिष्ट चरित्रबाट भागिसेककाले अब एकता नहुने महासचिव वैद्य बताउँछन् ।

देश कम्युनिस्ट सरकारको हातमा भएपनी कम्युनिस्टको मुल निती नै अहिलेका कम्युनिस्टले भुल्दै गएको आरोप लाग्ने गरेको छ । संसदीय व्यवस्था स्वीकार गर्नेहरु सच्चा कम्युनिष्ट नै नहुने विप्लव र वैद्यको ठहर छ । अब यि दुई नेताले नेतृत्व गरेको पार्टीसहित अन्य कम्युनिष्ट धारका दलहरु एकतावद्ध हुन सक्छन् वा सक्दैनन्, त्यो भने हेर्न वाँकि छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.