Fast Nepal News

किर्तिपुर​ नगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा डा नवरथ बानियाँ

banner single news

 

किर्तिपुर​ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा डा नवरथ बानियाँले उम्मेदवारी दिएका छन। काठमाडौँ वडा नं। ७ भाङ्गलमा जन्मिएका डा बानियाँले बर्लिनको प्रतिष्ठित हुम्बोल्ट विश्वविद्यालयबाट २००८ मा विद्यावारिधि गरेका थिए। शैक्षिक क्षेत्रसँग गहिरो सम्बन्ध भएका डा बानियाँले देशका प्रतिष्ठित संस्थाहरूमा जिम्मेवार भूमिकामा काम गरिसकेका छन।

नयाँ बजार क्लबका पूर्व अध्यक्ष र सल्लाहकार सदस्यका रूपमा उन​ले उल्लेखनीय योगदान दिएका छन​।  कीर्तिपुर नगरको खेलकुद विकासमा उनको भूमिका उस्तै महत्वपूर्ण मानिन्छ।

राजनीतिमा समावेशी दृष्टिकोण

बिद्यार्थी जीवनदेखि नै राजनीतिक चेतनाले प्रेरित डा बानियाँले राजनीतिक विभाजन र भेदभावलाई चिरेर साझा र प्रगतिशील दृष्टिकोणले काम गर्नुपर्छ भन्ने धारणा राख्दै आएका छन। जनताले भोगिरहेका समस्या समाधान गर्न सक्षम नेतृत्व प्रस्तुत गर्दै स्थानीय सरकारलाई जनउत्तरदायी बनाउने उनको लक्ष्य छ।

सदाचार र नैतिक राजनीतिमा प्रतिबद्धता

स्थानीय शासनको मजबुत ढाँचाका लागि समर्पित रहेका डा बानियाँले सबै निर्वाचनमा इमानदार सहभागिताको महत्त्वलाई प्रस्ट्याएका छन। उनले आफूलाई दलहरूको प्रभावबाट स्वतन्त्र राख्दै जनताका समस्याको स्थायी समाधान दिनकै लागि उम्मेदवार बनेको घोषणा गरेका छन।

Inside Article Ads

उम्मेदवारी घोषणासँगै  किर्तिपुर​ नगरपालिकालाई समृद्ध र सुशासनयुक्त बनाउनका लागि आफूले पूर्ण निष्ठा र सेवाको भावनाले काम गर्ने प्रतिबद्धता उनले जनाएका छन। उनले सबै नगरबासीलाई आफ्नो उम्मेदवारीमा विश्वास गर्न र मतदान गर्न आग्रह प​नि गरेका छन।

डा बानियाँको प्रतिबद्धता

– जनउत्तरदायी शासनको विकास

– खेलकुद र युवा प्रवर्द्धन

– सामाजिक न्याय र समावेशी नेतृत्व

– दलहरूबाट मुक्त स्थानीय सरकारको परिकल्पना

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.