Fast Nepal News

सुशासनको लागि जन प्रजातान्त्रिक अपरिहार्य: केसि

banner single news

राप्रपा नेपालका केन्द्रिय सदस्य अमर केसीले जन सम्प्रभुुताको शासन आजको आवश्यकता रहेको बताउनु भएको छ ।
राजधानीमा भएको एक कार्यक्रममा उहाँले यस्तो बताउनुु भएको हो । कार्यक्रममा उहाँले जन सम्प्रभुुताको माध्यमबाट जन प्रजातान्त्रिक राज्य, जन लोककल्याणकारी राज्य संभव रहेको तर्क गर्नुुभयो । जन सम्प्रभुुता जनताको शासन भएको हुदा जनताको हक अधिकार र विकासमा छिटो फडको मार्ने सक्ने उहाको भनाई छ । मुलुकलले विभिन्न कालखण्डमा विभिन्न व्यवस्थाको अभ्यास गर्दा समेत जनता र देशले विकास र समृद्धि नदेखेको केसी बताउछन । सोही कारण आजको अवस्थामा जन सम्प्रभुुताको माध्यमबाट लोकतन्त्रको आभास हुुने गरी चाडो विकासमा पाइला राख्न सकिने उनको तर्क छ ।
यस व्यवस्थामा मिश्रित राजनीतिक प्रणाली अन्तर्गत People’s Supremacy System मा निहित जनताको सर्वोच्चतालाई महत्व प्रदान गर्ने केसीको भनाई छ । जसमा राजा र राष्ट्रपाल) सहितको शासकीय स्वरूपलाई आत्मसाथ गर्न सकिने उनी बताउछन । देशको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता , अखण्डता, स्वाभिमान र सम्प्रभुता सहितको एकल राज्यको आधिपत्यको जगेर्ना गर्न अग्रगामी राष्ट्रवादको मुल्य र मान्यतालाई जन सम्प्रभुुता नै चाहिने उनको दावी छ ।
कार्यक्रमा केसीले पत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले सरकारको कार्यकारिणीको अध्यक्षता गर्ने हुदा यो शासन उपयुुक्त भएको दावी गर्छन । व्यवस्थापिका र न्यायपालिकाबाट अलग स्थापित भई यो व्यवस्था प्रणालीले शक्ति पृथकीकरणको सिद्धान्तलाई कानुनी रुपमा संविधानतः स्थापित गरेको हुन्छ । जसले सरकारका अंगहरू बीच शक्तिलाई सन्तुलन गरेर राख्दछ । यस प्रणालीले जनताको सर्वोत्तम अधिकार जन सम्प्रभुतालाई विशेष राजनीतिक अग्राधिकारका रुपमा महत्व प्रदान गर्दछ ।
राज्यको गणपतीय शासन तथा सम्वर्द्धन वा परम्परावादीमा आश्रित राजकीय सत्ताको मिश्रित शासकीय स्वरूपलाई समेत आत्मसाथ गरी सबैखालका राजनीतिक शक्तिबीच समान सह अस्तित्वको सन्तुलन कायम गर्न सक्ने राजनीतिक व्यवस्था भएको जन सम्प्रभुुता शासन आजको आवश्यकता रहेको के सी बताउँछन । कार्यक्रममा केसीले अभियानको माध्यमबाट देश र जनतालाई जन सम्प्रभुता र भौगोलिक सम्प्रभुताको अधिकार विषयमा जानकारी गराउने बताए । आफना एजेण्डाहरु जनताले मन पराउने र स्थापित गर्ने उनको दावी छ । नेपाल बहुु जाती बहुुभाषी भएकाले सबै जातजाती र धर्मलाई समटने उहाँको तर्क छ । सार्वभौम निर्णाधिकार मार्फत जनतालाई समान अवसर, समानुपातिक विकास, सम्पत्तिको न्यायोचित वितरण, र देशका नागरिकहरुको आर्थिक समृद्धि र सामाजिक कल्याणको संरक्षण र प्रवर्द्धन गर्दछ । राज्यप्रतिनीधिको नेतृत्वमा रिसायत विकास क्षेत्रमा सुशासन संचालन गर्ने शासन नै जन सम्प्रभुुता शासन अपरिहार्य रहेको केसीको दावी छ ।

Inside Article Ads
Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.