Fast Nepal News

इञ्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर

banner single news

लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग रु ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ ।

आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ । आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Inside Article Ads

आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

 

Visited 57 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.