Fast Nepal News

महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्नेछ – रेशम चौधरी

banner single news

६ पुष,काठमाण्डौँ – नागरिक उन्मक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्ने
बताएका छन् ।

प्रथम महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखिरहेका नेता चौधरीले यस्तो बताएका हुन्।

नेता चौधरी भन्छन्, ‘थरुहट आन्दोलनको जगबाट स्थापित भएको हाम्रो पार्टीलाई क्षेत्रिय पार्टीको रुपमा हेरिने गरिएको
छ । तर, हाम्रो सोच, भिजन र एजेण्डा सगोल या जातजातीको मात्रै नभई समग्र देश र देशवासीका तमाम पहिचानको रक्षा
गर्दै देशको बिकासमा योगदान पुर्याउन हो । त्यसैले पार्टीको राजनीतिक प्रतिवेदनले हिमाल, पहाड र तराई सम्पन्न देशवासीको साझा पार्टीका रुपमा अघि बढ्न मार्गनिर्देश दिनेछ ।’

नाउपाको प्रथम महाधिवेशन आगामी प७३घढसस २६ देखि २८ सम्म उक्त
पार्टीको आधार  कैलालीमा हुदैँछ। पार्टी स्थापनाको छोटो समयमै राम्रो मत ल्याउँदै लुम्बिनी, मधेश र  सुदूरपश्चिम प्रदेशका उल्लेख्य नागरिकहरुको मन जितेको दलको महाधिवेशन यतिबेला अन्य राजनीतिक दल तथा देशभरका नागरिकहरुले
चासोका साथ नियालिरेका छन् ।

Inside Article Ads

महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिकोनिर्वाचन गर्ने पार्टीको तयारी छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

महाधिवेशनमा ८ हजार प्रतिनिधि सहभागी गराउनेपार्टीको तयारी छ ।पार्टीको महाधिवेशन भव्यरुपमा सफल पार्नका निम्ती विभिन्न समिति तथा उपसमिती बनाएर काम तीब्र पारिएको छ । पार्टीलेमहाधिवेशनको आन्तरिक तथा व्यवस्थापकीय कामका साथै देशभरबाट प्रतिनिधि छनौट र अतिथिलाई निमन्त्रण दिने कामलाई तीब्रता
दिएको छ ।

Visited 63 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.