Fast Nepal News

सभामुखको पहलमा शीर्ष वार्ता

: टीआरसी सहितका विधयेकमा सकारात्मक छलफल विशेष समिति बनाउने मध्यमार्गी प्रस्ताव

banner single news

२५ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर छलफलमा सहभागी गराएका थिए । संसदमा विचाराधीन टीआरसी लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सम्वाद भएको हाे ।

सभामुख घिमिरेका अनुसार , ‘नेताहरुको बीचमा आपसमा बसेर सामुहिक विषयमा कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरुको बीचमा कुराकानी गराउन पहल गरेको हुँ’,

सिंहरदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भयो ।’

सहमति बनाउने भन्नेमा सैद्धान्तिक रुपमा सहमत भए पनि कानुनी र प्रविधिक पक्ष पनि रहेको उनले बताए । संसदको कार्यसञ्चालन नियमावली पास भइसकेकाले त्यसअनुसार समिति बनाउनुपर्ने भन्दै उनले भने, ‘केही एक्पर्ट साथीहरु समेत बसेर टुंग्याउने भन्ने भएको छ ।’

उनले भने, ‘हामी सरकारमा हुनेहरुको कुरा फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्नेछ । प्रतिपक्षको कुरा समितिमा लगेर गरौं भन्ने छ ।’

Inside Article Ads

विशेष समिति बनाएर मध्यमार्गी बाटो खोज्ने सम्भावना पनि रहेको उनले सुनाए ।

छलफलपछि एमाले अध्यक्ष ओलीले पनि सदनलाई कसरी प्रभावकरी ढंगले अगाडि बढाउने र अहिले देखिएका समस्याहरु कसरी समाधान गर्ने भनेर सकारात्मक छलफल भएको बताए । टीआरसी विधेयकबारे पनि कुराकानी भएको भन्दै उनले भने, ‘फास्ट ट्याक चाहिँ कति गर्न मिल्छ मिल्दैन फेरि बसेर छलफल गर्छौं ।’ यद्यपि कुनै न कुनै हिसाबले समितिमा जाने उनले बताए ।

नेताहरुका अनुसार अर्को बैठक २८ गते बिहान साढे ९ बस्ने तय भएको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.