Fast Nepal News

सत्ता साझेदार दलकाे सहकार्य अझ बलियो बनाउने सहमति

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

banner single news

२९ माघ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको छ । सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका हुन् ।

बैठकपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको जानकारी दिंदै भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ ।’

बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्याहरु छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने कुरा भएको छ,’ अध्यक्ष लिङ्देनले भने ।

Inside Article Ads

उनले राष्ट्रपतिको उम्मेदवारबारे आजको बैठकमा छलफल नभएको बताए । ‘राष्ट्रपतिको निर्वाचनबारे छलफल भएन । बाहिर आएका कुराहरु भ्रमपूर्ण छन्,’ उनले भने, ‘हामीले यो सरकार निर्माणको क्रममा जुन सहमति कायम गरेका थियौं, त्यो सहमतिमा अहिले सत्ता साझेदार दलहरुबीच कुनै विमती छैन । त्यो सहमतिमा कुनै परिवर्तन गर्नुपर्यो भने पनि सहमतिबाटै हुन्छ ।’

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.