Fast Nepal News

कांग्रेसको पदाधिकारी बैठक जारी, विश्वासको मतबारे निर्णय गर्ने

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ ।

banner single news

२६ पुस, काठमाडौं । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तिमा १३८ सांसदको समर्थन चाहिन्छ नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदैछन् । प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

Inside Article Ads

। प्रधानमन्त्रीमा दाबी पेश गर्दा प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १६९ सांसदले समर्थन गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.