
२१ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । एक मन्त्रीले जानकारी दिए अनुसार , राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको हाे ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
Visited 6 times, 1 visit(s) today
