
१ पुष, काठमाडौँ -शेखर गगन पक्षको ईतर समूह विभाजनको संघारमा जाने संकेत देखिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नवनिर्वाचित सांसदको रूपमा निर्वाचित भएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउँनुहुदै मतदातालाई भोट दिन अपिल गर्नुभएको थियो।तर आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि महामन्त्री थापाले आफूले संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिने बताउँनुभएको थियो।
नवनिर्वाचित सांसद भएपछि गगन थापाको प्रधानमन्त्रीमा उम्मेदवारी दिने दाबी छ। ईतर समूहका नेता शेखर कोइराला पनि संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएको छ। कांग्रेसका महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्छु भनेर साथ सहयोग गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको उहाँले पनि केही दिन यता संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। ईतर पक्ष शेखर-गगन समूहका दुई शीर्ष नेताहरुले संसदीय दलमा उम्मेदवारी दिने दाबी गर्नुले शेखर-गगन समूह विभाजनको संघारमा जाने संकेत देखिएको छ।
Visited 12 times, 1 visit(s) today
