
१५ कात्तिक, काठमाडौं ।
मंगलबार सार्वजनिक नेकपा एमालेको घोषणापत्रमा जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए’ ओलीले भनेका छन्, ‘पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनका घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण गरियो ।’उनले जनादेशविपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको प्रष्टीकरण दिएका हुन् ।‘‘गठबन्धन सरकारको १६ महिनाले अकाट्य ढंगबाट पुष्टि गरेका छन् –जनादेशबाट गठन भएको सरकारलाई परमादेशबाट विस्थापित गर्नुको उद्देश्य सरकार परिवर्तनमात्रै थिएन, यो त स्वार्थपरक देशी विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धार नै उल्टो दिशामा फर्काउनु थियो, अर्थात् स्पष्टतः प्रतिगमन थियो’ ओलीले भनेका छन् ।
ओलीले आफू प्रधानमन्त्री भएपछि राजनीतिक स्थायीत्व हासिल भएको, प्रणालीगत स्थिरता काम भएको र राजनीतिक र आर्थिक बाह्य चलखेल धेरै मात्रामा नियन्त्रित हुँदै गएको बताएका छन् । तर सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएपछि त्यसलाई असफल बनाउने प्रयास भएको उनले उल्लेख गरेका छन् ।तत्कालिन नेकपाभित्रका अवसरवादी, अराजक र अपवित्र पात्रहरु यसका लागि प्रयोग भए, उनीहरुका लागि आन्दोलन र देशको भविष्य भन्दा आफ्नो अहंकार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो’ ओलीले भनेका छन् ।
सत्तारुढ गठबन्धनले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई प्रतिगमन भनिरहेका बेला ओलीले भने सत्तारुढ गठबन्धन बनेर नयाँ सरकार बन्नुलाई प्रतिगमन भनेका छन् । जनादेशप्राप्त आफ्नो सरकार हटाएर सर्वोच्च अदालतको परमादेशबाट सरकार बन्नु प्रतिगमन भएको ओलीको जिकिर छ ।
ओलीले आउँदो निर्वाचनलाई षड्यन्त्रमूलक ढंगबाट विस्थापित गरिएको जनमतलाई पुनर्स्थापित गर्ने मौका भनेका छन् ।
