Fast Nepal News

समानुपातिक सूचीवाट निर्वाचन आयोगले ५५० जनाको नाम हटायो

आयोगले मागेको कागजात पेश नगरेकाले थप ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

banner single news

८ कात्तिक, काठमाडौं ।
दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको हाे ।
।जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना पनि छन् । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ ।अल्पसंख्यक र लैंगिक सूचनाको अस्पष्टताका कारण पनि केही उम्मेदवारको नाम हटाएको आयोगले जनाएको छ । लैंगिक विवरण फरक परेका कारण पनि ३७ जनाको नाम हटेको छ । दलहरुले महिलालाई पुरुष र पुरुषलाई महिला भनी उल्लेख गरेकाले यसरी नाम हटेको हो ।मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको नाम हटेको छ । प्रदेशसभामा उम्मेदवार भएपनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका कारण १८ जना सूचीबाट हटेका छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.