Fast Nepal News

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्ति र संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हाे ।

banner single news

२९ असोज, काठमाडौं । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न पार्टीका नेता र संस्थालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पचरौता गनरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा अधिकृत सातौं तहमा कार्यरत गोकुल वस्ती, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग पनि स्पष्टीकरण सोधेको छ ।आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार नुवाकोट-१ का उम्मेदवार बद्री मैनाली पनि आयोगले स्पष्टीकरण सोधेको छ । त्यस्तै, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न आयोगले निर्देशन दिएको छ ।सहायक प्रवक्ता भट्टराईका अनुसार आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

Inside Article Ads
Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.