Fast Nepal News

चोलेन्द्रसँगको एकसरो बयान सकियो

उनले नाम लिएका व्यक्तिसँग पनि बयान लिइने र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय भएकाे छ

banner single news

२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको महाअभियोग सिफारिस समितिले बयान सकेको छ ।

जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए ।उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

Inside Article Ads

‘जसजसको नाम उहाँले उल्लेख गर्नुभएको छ, समितिले आवश्यक ठह¥याएका, कानुनले दिएका र आवश्यक देखिएका व्यक्तिहरुलाई बोलाउँछौं,’ विश्वकर्माले भने, ‘भोलि पत्राचार गर्छौं र उहाँहरुको अनुकुलता हेरेर छिटो भन्दा छिटो बलाउँछौं ।’

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.