
२२ भदौ, काठमाडौं । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी थिइन् । त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।
राष्ट्रपति कार्यालयबाट भोलि (बिहीबार) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताए । उनले भने, ‘राष्ट्रपति ज्यूले पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल गर्न चाहनु भएको भन्ने छ, के विषयमा भन्ने थाहा छैन ।’
