Fast Nepal News

रबिको उम्मेदवारी कहाँ बाट?

banner single news

डायमण्ड जोशी
९ भदौ, काठमाण्डौ

सञ्चारकर्म छाडेर राजनीतिमा उदाउन लागेका चर्चित तथा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो काठमाण्डौमा हुन लागेको उपत्यका भेलाले यतिबेला सबै नेपालीहरुको ध्यान केन्द्रित गरेको छ। असार ७ गते राष्ट्रिय सभाको घोषणा सभाबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले वा उनको दलका कुनै आकाङ्क्षीले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाईसकेका छैनन्।

‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’
उनले आजसम्म यहि भनेका छन्। कि आफूलाई झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको लामिछानेले बताए । देशैभरका प्रदेश तथा जिल्ला भेला कार्यक्रममा उनले पार्टीका सदस्यहरु तथा देशैभरका जनताको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए हुन्।

‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईँहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनु हुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं,’ उनले भने, ‘एक पटक यसपाली हामी त्यो मेन स्वीच अफ गर्नका लागि एउटा तारको जिम्मा म लिन्छु, एक जनालाई संसद छिर्नबाट म रोक्छु, त्यसैगरी अर्कोलाई रोक्न तपाईँ, देशैभरीबाट आउनुहोला, रोकौं । वेथितीको यो मेन स्वीचलाई अफ गरिदिउँ ।’ उनी भन्छन्, ‘बा’ अब हजुर घरमै आराम गर्नुस्, वृद्ध भत्ता खानुस्, सिंहदरबार अब म जान्छु, हामी जान्छौँ, तपाईलाई झन् आराम दिन्छौँ।

Inside Article Ads

यहि शनिबार भदौ ११ गते काठमाडौको खुलामञ्चबाट भन्नुपर्ने कुरा खुलेरै बताउँला। उनले भने, यहाँ भेला गर्नुको राजनीतिक कारण छ। उनले यो भन्नुको अर्थ यहि हो कि, उनी अब महत्त्वपूर्ण कार्यतालिका घोषणा गर्दै छन्। विभिन्न राजनीतिक दल तथा नेपालको सत्ता चाख्न पाएका नेताहरु प्राय: यहि ठाउँबाट सार्वजनिक भएका हुन्, र यहि ठाउँमै विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन भए, कति त पूरा भए त कति गफ र भाषणमै सिमित भए। नेपाली जनतालाई आश्वस्त पारिएको यो ठाउँबाट रबि त्यसकारण जनताले चाहेको कुरा खुलेरै भनि नेपाल तथा विदेशमा रहेका आफ्ना समर्थक तथा शुभ-चिन्तकको आशा पूरा गर्दै छन्। यो पनि बुझ्न सकिन्छ कि भाद्र ११ गते पिताको मुख हेर्ने दिन स्वर्गवासी पितालाई साक्षी राखेर उनि कहाँ बाट चुनाव लड्दै छन्, सायद यहि कार्यक्रम बाट घोषणा हुने छ भन्ने विषय यतिबेला चर्चाको विषय बनेको छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.