Fast Nepal News
Banner Below header

प्रचण्डसँग सिट बाँडफाँटबारे छलफल गर्न बाबुराम पेरिसडाँडामा

माओवादी केन्द्रबाट शिव खकुरेल र नेसपाबाट खगेन्द्र देवकोटाले निर्वाचन आयोगमा पुगेर उक्त निर्णयबारे जानकारी गराएका छन् ।

banner single news

३१ साउन, काठमाडौं । बाबुराम भट्टराई माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा उनी पुगेका हुन् ।

माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पेरिसडाँडामा पुगेका छन् ।

Inside Article Ads

मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.