Fast Nepal News

रवीन्द्र मिश्र खुले संवैधानिक राजसंस्थाको पक्षमा

मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ ।

banner single news

३ साउन, काठमाडौं । संवैधानिक राजसंस्थाको पक्षमा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र खुलेरै वाेलेका छन् ।

Inside Article Ads

मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन २०७८ मा मार्ग परिर्वतन : ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गरेका थिए । संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव गरेका उनले एकताको प्रतीकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका थिए ।
गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ ।
स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिएका थिए ।अहिले मिश्र विचारभन्दा माथि देशको प्रस्तावमा थप खुलेर आएका छन् । ‘विचारभन्दा माथि देश’ दस्तावेजमा आएको प्रतिक्रिया, भएका छलफल–बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् ।राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेकशील साझा पार्टी फुटेकाे थियाे ।

अब ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उनले बताएका छन्

। नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनले वताएका छन् ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.